१० भदौ, रोल्पा । गंगादेब गाउपालिका वडा नम्बर ४ मा बिजुली अझै नपुगेकोले वडाकार्यलयमा एक किलोवाट क्षमताको सोलार जडान गरिने भएको छ।
वडाका नागरिकलाई आवश्यक सेवा छिटो छरितो बनाउने हेतुले सोलार जडान गरिएको वडा अध्यक्ष कृष्ण वली(बिपिन) ले जानकारि दिनुभयो। बिधुत को पहुच बाट पछि परेको वडा भएपनि जनसेवालाइ सहज बनाउन यो कार्य गरिएको भन्दै पालिका प्रबक्ता समेत रहनु भएका वलीले भन्नुभयो ,”हामी जनसेवा र जनहित को लागि नै जनताको प्रतिनिधि भएकोले सबै कोणबाट वडाबासिलाई छिटोभन्दा छिटो नागरिकलाई सेवा दिन यो कार्य गरिएको हो।”
वडा अध्यक्ष तथा पालिका प्रबक्ता वलीले आफ्नो कार्यकाल मा सबै वडा बासीको घर घर बिधुत बिस्तार गर्ने लक्ष्य लाई आफुले पहिलो प्राथमिकता मा राखेको बताउनुभयो ।

Error generating audio.