हामी परिक्षण प्रसारणमा छौ



सल्यान । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सल्यान कारागारका १८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । विभिन्न मुद्दामा कारागार चलान भएका ४ महिला र १४ पुरुष गरी १८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । 

कैदीबन्दीले मतदान गर्न कारागार भित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनु भयो । मतदाता नामावली संकलनका समयमा दर्ता गराएका कैदीबन्दीहरुले मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले मतदाता नामावली भएका १८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने उहाँको भनाई छ । कैदीबन्दीहरुले कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिकमा मात्र मतदान गर्न पाउने भट्टराईले बताउनु भयो । 

कारागार प्रमुख राजन कडेलका अनुसार कारागारमा २ नाबालक र १ सय २६ कैदीबन्दी रहेका छन् । १ सय २८ कैदीबन्दी भए पनि १८ कैदीबन्दीले मात्र अस्थायी मतदाता नामावलीमा नाम रहेको सल्यान कारागार प्रशासनले जनाएको छ ।
 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार, ,  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्