हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।नेपाली काङ्ग्रेस सल्यानका क्षेत्रीय सभापति एवम् क्षेत्र नं.(क) का बाम गठबन्धन निर्वाचन परिचालन समितिका सह-संयोजक शुरेस चन्दले केन्द्रमा गगन थापा,बिश्व प्रकाश शर्मा जस्ता प्रभावसाली नेतालाई जिताउन र संविधानको रक्षाका लागी सल्यानमा गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

सल्यान थारमारेमा वडा स्तरीय चुनावी कार्यक्रममा बोल्दै नेता चन्दले नेपाली कांग्रेसका नेता कार्यकर्ताले अहिले देशको आवश्यकतालाई मनन गरेर गठबन्धनका उम्मेदवारलाई जिताउन आवस्यक रहेको बताउदै भन्नुभयो,”कि हामीले पार्टी छोड्नुपर्छ, कि हामीले पार्टीको नीति, सिद्धान्त मान्नु पर्छ। ” सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरू भिमप्रकाश शर्मा, धुर्वराज पुरी,कृति बहादुर पुन लगाएतले गठबन्धनका पक्षमा मत माग्नुभएको थियो।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार, ,  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्