हामी परिक्षण प्रसारणमा छौ



दाङ।अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियर कलेज दाङको चौथो मुल इकाई सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले बागचौर नगरपालिका वडा नं. ९, सल्यान घर भएका लोकेन्द्र डाँगीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । इकाई सम्मेलनले उपाध्यक्षमा तुलासिंह धामी,खुशी भण्डारी, केशब बस्नेत र बिबेक सुनारलाई चयन गरेको छ ।यसैगरी सचिव पदमा रोनिशा खड्का, सह-सचिवमा उमेश सुनुवार , जोतेन्द्र यादब, प्राप्ती थापा र कोषाध्यक्षमा तपेन्द्र जिसी चयन हुनुभएको छ।

अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियर कलेज इकाई कमिटी अध्यक्ष गोबिन्द मल्लको अध्यक्षता एवम् संगठनका केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता तथा संगठनका दाङ जिल्ला संयोजक गिर बहादुर महराको विशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य डिभाइड शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रोनिशा खड्काले गर्नुभएको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार, ,  ३ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्