हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । दाङको तुलसीपुरमा मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सब २०७९ सञ्चालन हुने भएको छ । युथ्स अफ तुलसीपुरको मुख्य  आयोजनामा महोत्सब सञ्चालन हुन लागेको हो ।

यहि मंसिर १५ गतेदेखि सञ्चालन हुने भनिएको महोत्सब तुलसीपुर उद्योग बाणिज्य संघ तथा चेम्बर अफ कमर्सको बिरोधपछि स्थगीत भएको थियो । महोत्सब आयोजक थुथ्स अफ तुलसीपुरले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सब हुने जानकारी गराएको हो ।

महोत्सबमा दुई सय बढी स्टल राखिएको र तुलसीपुरका स्थानीय ब्यबसायीलाई कुनै असर नपर्ने गरी स्टल ब्यबस्थापन गरिएको महोत्सव आयोजक संस्था थुथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले सल्यानन्युजलाई जानकारी दिनुभयो । मुल आयोजक समिति संयोजक अरुन लहरेले महोत्सवको तयारी अन्तीम चरणमा पुगेको भन्दै सफल पार्न सबैले सहयोग गर्न सबैसामु अपिल गर्नुभएको छ।

महोत्सव सुचारु को लागि तुलसीपुर उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङ मार्फत् स्वीकृती समेत प्राप्त गरेको आयोजक संस्था थुथ्स अफ तुलसीपुरले जनाएको छ। महोत्सव स्थल तुलसीपुरमा आज गरिएको पत्रकार सम्मेलनको सहजीकरण थुथ्स अफ तुलसीपुरका सचिव आकाश भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार, ,  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्