हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं | माओवादी केन्द्र नेतृत्व नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । ‘सभापतिकै नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर निर्णय भएको छैन’, 

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । ढकालका अनुसार  अन्य सत्ता  गठबन्धनमा आबद्ध अन्य पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको अन्तिम भागवण्डा लगाउने छ ।

केहिदिन अघि बसेको रास्वपाको बैठकले सरकारमा जाने या नजाने निर्णय गर्ने सम्पुर्ण अधिकार पार्टी सभापति रबि लामिछानेलाई नै दिएको थियो । २० सिट रहेको रास्वपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेसंगै सरकारमा जान रबि लामिछाने नेतृत्वको पार्टीको लागी ढोका खुला भएको छ ।

रास्वपाले अहिले केहिबेरमा सुरु सत्ता गठबन्धनको बैठकमा उपप्रधानमन्त्री सहित शिक्षा, स्वास्थ्य, श्रम, वार्णिज्य–आपूर्ति, श्रम, यातायातजस्ता जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालयहरुमा दावी गर्ने भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार, ,  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्