हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमनलाई तिव्रता दिएको छ । बजार अनुगमनका क्रममा जिल्लाका बिभिन्न स्थानमा रहेका पसलहरुबाट म्याद गुज्रिएका अखाद्य वस्तु वरामद गरिएको छ ।

सल्यानमा बजार अनुगमन तथा छड्के चेकका क्रममा यो आर्थिक वर्षमा मात्रै करिव २ लाख बरावर मूल्यका मिति नाघेका खान नमिल्ने वस्तु हरु वरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले वताउनु भएको छ । सहायक जिल्ला अधिकारी खड्का का अनुसार अनुगमनका क्रममा अटेरी गर्ने  तथा सुझाव पाएका पसलमा पुनः अनुगमनमा परेका विभिन्न स्थानका पसलबाट २४ हजार नगद जरिवाना समेत तिराईएको छ ।

बजार छड्के अनुगमन फरक समयमा फरक बजारहरुमा गर्ने काम निरन्तर चलिरहेको बताईएको छ । छड्के अनुगमन जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरेलु ,उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार, ,  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्