हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचाैर नगरपालिकाले आज (बुधबार) देखी नगरका सम्बन्धित वडा मा नै प्रत्यक्ष गएर एकीकृत रुपमा याेजनाहरु सम्झौता गर्ने कामको सुरुवात गरेको छ ।

बुधबार नगरपालिकाले वडा नं. १२ को बाँफुखोलामा नगर प्रमुख जनकराज गौतम, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, याेजना शाखाका कर्मचारी लगाएत वडाका जनप्रतिनिधि, वडा सचिव र प्राबिधिक कर्मचारी बाट कामको सुरुवात गरिएको हो ।

आजै उक्त वडामा १२ वटा याेजनाहरुकाे सम्झौता गर्ने कार्य र सबै उपभोक्ता समितिको बैंक खाता खाेल्ने कार्यक्रम समेत सम्पन्न गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ । यस कार्यमा ग्लोबल आइएमई बैंक लिमिटेड थारमारे बाट कार्मचारीहरु साेही स्थानमा गएर बैंक खाता खाेल्ने काम गरिएको थियाे । नगर प्रमुख जनकराज गाैतमकाे सहजीकरणमा आफ्नो शाखाले उक्त सेवा दिएको बैंकले जनाएको छ।

पहिले नगरपालिकाको केन्द्र बागचौर गएर याेजनाहरु सम्झौता गर्दा धेरै खर्च हुनेगरेकाे तर वडामै नयाँ याेजना सम्झौता गर्ने र बैंक खाता समेत खाेल्ने सुबिधाले आफुहरुलाई धेरै सहज भएको स्थानीय खकेन्द्र केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर सरकार आफ्नै वडामा कार्य सम्झौता गर्न आउँदा हामी खुसी छौं र नगरपालिकाकाे यस कार्यलाई निरन्तरता दिन हाम्रो अनुरोध छ।’

सोही अबसरमा आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले वडा नम्बर १२ का सम्पूर्ण उपभोक्ता समिति, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्राबिधिक कर्मचारी लाई आफ्नो काम प्रचलित कानुन अनुसार पूरा गर्न निर्देशन समेत दिनुभएको थियो।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार, ,  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्