हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङको तुलसीपुरमा पर्यटन प्रवर्द्धनका लागि नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिएको छ । तुलसीपुर होटेल व्यवसायी संघले आज पुस ३० मा रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको आयोजना हो ।

कार्यक्रम तुलसीपुर स्थित समीक्षालयमा दिनको ११ बजे देखि सुरु हुने आयोजक संस्थाले जनाएको छ । समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतका अनुसार कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम रहेको छ ।

आज आयोजित रैथाने खाना कार्यक्रममा ढिक्री, लुसुनको अचार, खिचडी, कुखुरा साँधेको, सुपमा खसीको खुट्टा, भेजामा सिन्की र भटमासको झोल, आलु भाङको अचार र मोहीको परिकार रहेको महासचिव तुफान केसीले जानकारी दिनुभयो । करिब ८ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा सबै खाना निशुल्क गरिने आयोजक संस्था तुलसीपुर होटेल व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार, ,  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्