हामी परिक्षण प्रसारणमा छौ



सल्यान । धेरै पछि आफ्नो गाउँमा गाडी पुगेपछि सल्यान पलाटेका स्थानीय बासिन्दाहरुले खुशि बनेका छन् ।


नजिकै रहेको वडा कार्यालयसम्म सडक बनेर पहिलो पटक आफ्नो गाउँमा गाडी पुगेपछि सल्यानको छत्रेश्वरी गाउँपालिका- १,का स्थानीय ७३ वर्षीय हिरालाल खत्रीले बताउनु आफुनिकै खुशी भएको बताउनुभयो ।

यस्तै गाउँमा गरेपछि रातो टीका बनाएर चालक र यात्रुलाई लगाएर खुशीयालि मनाएको ७२ वर्षीय ७२ वर्षीय लाल बहादुर चन्दले बताउनु भयो । गाउँ नजिकैबाट सधै गाडी गुड्ने गरेको भएपनि आफ्नै गाउँबाट गाडी नचल्दा समस्या भएकोमा अब उक्त समस्या समाधान भएको उहाँको भनाई छ । बस्ती सडक सञ्जालसँग जोडिएसँगै बिरामीलाई जिल्ला बाहिर लैलान, काम पर्दा बाहिर जानका लागि सहज हुने उहाँले बताउनु भयो । 

यस्तै सारदा यातायात सेवा प्रालिका उपाध्यक्ष कर्ण देब बस्नेतले दाङ तुल्सिपुर देखि श्रीनगर दमाचौर हुँदै पलाटेसम्म निरन्तर गाडी सन्चालन हुने बताउनु भयो ।  सडक सञ्जाललाई प्राथमिकता दिएको बताउँदै वडाध्यक्ष प्रकाश हमालले बस्तीबस्तीसम्म पनि सडक पुग्ने बताउनु भयो ।


आर्थिक बर्ष २०७९/०८० को वडा सरकार द्वारा विनियोजित बजेट रु ८ लाख बजेटबाट निर्माण भएको जरालोटे पोखरी ससेखोला जलेखर्क जोड्ने सडक निर्माण कार्य सम्पन्न भएको उहाँको भनाई छ । 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार, ,  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्