हामी परिक्षण प्रसारणमा छौ



दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ ले आफ्नो वडाभित्र विवाहसम्बन्धी नयाँ नियम लागु गरेको छ । विवाह गर्नुभन्दा अघि नै अनिवार्य वडाको सिफारिस लिनुपर्ने नियम लागु गरिएको ८ नबरका वडाध्यक्ष दीपेन्द्र ओलीले सल्यानन्युज लाई जानकारी दिनुभयो ।

वडा अध्यक्ष ओलीका अनुसार वडामा कानुन विपरीत हुने बाल विवाह निषेध गर्न यस्तो नियम लागु गरिएको हो । फागुन १२ गते बसेको वडा समितिको बैठकले अब वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यस अघि नै वडा कार्यालयबाट अनुमति लिने नियम लागु गरिएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार, ,  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्