हामी परिक्षण प्रसारणमा छौ



२९ पुस, सल्यान । सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शारदा नगरपालिका–६, बरला बजार नजिकै ना ३ ख ९६४३ नम्बरको यात्रुबाहक बसले रा ३ प ८७६७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ निवासी ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।ढोरचौरबाट श्रीनगर आउँदै गरेको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको मोटरसाइललाई ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीका अनुसार भण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल सल्यान खलंगामा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ । तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार, ,  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्