हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत ।एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका शेरबिर दाहाल चयन हुनुभएको छ ।

यही फागुन २५ र २६ गते कर्णाली प्रदेशको सुर्खेत मा सम्पन्न  संगठनको दोस्रो अधिवेशनबाट दाहाल अध्यक्षमा र संगठनको बरिस्ठ उपाध्यक्षमा सल्यानका उमेश बुढाथोकी सर्बसम्मत चयन हुनुभएको छ।यसैगरी खुला उपाध्यमा गम बहादुर बुढा,डम्बर बहादुर सोडारि र महिला उपाध्यक्षमा निठु चौलागाईं  चयन हुनुभएको छ ।

यस्तै महासचिवमा देवराज चौलागाईं , अर्थ उपमहासचिव मा हर्क बहादुर वली,उपमहासचिवमा जय रुद्र ढकाल,सचीवमा शोभा अधिकारी र देबिराम तिमिल्सिना सर्बसम्मत चयन हुनुभएको छ।

यस्तै सदस्यहरुमा सल्यानबाट शेर बहादुर डाँगी,हेमराज केसी,मिनराज वली र सुशिला वली लगायत ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव निमबहादुर केसीले सल्यानन्युज लाई बताउनु भयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार, ,  १२ : २१ बजे

प्रतिक्रिया दिनुहोस्