हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानमा भीरबाट लडेर वृद्धाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका-६,वडागाउँकी अन्दाजी ७० वर्षीया पदमी परियारको मृत्यु भएको हो ।

बिहीबार बिहान बागचौर नगरपालिका-३ स्थित सेताभिरबाट लडेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।परियारको शव सडकदेखि झन्डै २० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँ केही दिनदेखि छोरीको घरमा बस्दै आउनु भएको थियो । मृत्तक परियारको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार, ,  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्