हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सामुदायिक वन उपभोक्ता महासंघ बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएक छ ।

मंगलबार सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् बनगाड कुपिन्डेका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सामुदायिक वन उपभोक्ता सङ्ग स्थानीय नगर सरकारले साझेदारीमा विभिन्न सिपमुलक कार्यक्रम गर्न चाहेको हुँदा त्यसको लागि तयारी गर्न उपभोक्ता समुहहरुलाइ अनुरोध गर्नु भएको छ ।

सामुदायिक बन उपभोक्ता समितिले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएकोमा त्यसको प्रशंसा गर्दै प्रमुख अ अतिथि बुढाथोकीले अझै यस्तै कार्यक्रम गर्नु पर्ने र थप साझेदारीमा समेत काम गर्न आफू तयार रहेको समेत बताउनु भएको छ । वन जगल सरक्षण गर्न,सवर्दन, सदुपयोग, सहकार्य र आम्दानीको स्रोत बनाउन लाग्नुपर्ने र जमिन जंगल जल मानिसका लागि नभई नहुने समेत भएको बताउनु भएको छ । नगरपालिकाको सिपमुलक तालीमबाट सामुदायिक वन सङ्ग सहकार्य गरेर क्रमिक रुपमा सबै समुहले आवश्यक पर्ने सिपमुलक तालिम गरेर व्यवसायीक तरिकाले लाग्नको लागि पहल गर्न समेत अनुरोध गर्नु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचीव पुरुषोत्तम भट्टराई, ६ न वडा अध्यक्ष गणेश विसि, बन रक्षक हरि रोकाय लगाएतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने १२ वटै वडाका ४० भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहका समितीहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

यसैगरी सम्मेलनबाट अध्यक्ष तर्क बहादुर शाह, उपाध्यक्ष डिल्ली प्रसाद बुढाथोकी, सचीव सुशीला राना र कोषाध्यक्षमा जानकी बस्नेत लगायत १७ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्