हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानकाे बागचाैर नगरपालिकाले पालिकाको प्रमुख व्यापारिक केन्द्र थारमारे बजार क्षेत्र भित्रका अस्थायी संरचनाहरु हटाएको छ ।

नगरपालिकाले बजार क्षेत्र भित्र पर्ने राप्ती राजमार्गकाे दायाँबायाँ, जनकल्याण नमुना माध्यमिक विद्यालयकाे प्रवेश द्वार सम्म र चाैरजहारी राेड सम्मकाे खाली ठाउँमा कालाेपत्रे तथा नाली निर्माणका लागि सडकमा अव्यवस्थित तरिकाले बनाएका संरचनाहरु हटाएको हाे । बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे सक्रियता तथा अन्य जनप्रतिनिधि, थारमारे बजार व्यवस्थापन समिति, व्यापारी लगायतको सहयोगमा संरचनाहरु हटाइएको हो ।

थारमारे बजारमा बागचाैर नगरपालिका र सडक डिभिजन कार्यालय दाङको समन्वयमा कालाे पत्रे तथा नाली निर्माण गरिने नगरपालिकाले जनाएको छ । अव्यवस्थित संरचना हटेसंगै बजारको सुन्दरता थप राम्रो बनेको स्थानीय राजन वलीले बताउनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार, ,  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्