हामी परिक्षण प्रसारणमा छौ




दाङ । प्युठान स्थित झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसिले पालिकामा कार्यरत कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज बन्द गरेका छन्।

बुधबार प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथी कार्यकक्षमै गएर भएको मिलन समुहको हातपातले आफुहरु काम गर्न नसक्ने अवस्थामा पुगेको कर्मचारीहरुको भनाइ छ।

पालिकाका कर्मचारीका अनुसार गाउँपालिका अध्यक्ष एमसीका छोरा मिलनले प्रक्रिया नपुगेको बाटोको फाइल जबरजस्ति सदर गराउन खोज्दा आफुहरुले प्रक्रियाका कुरा गर्दा आफुहरु माथि दुर्व्यवहार गरेको दाबी गर्नुभयो।

यसैबीच पालिका अध्यक्ष पितबहादुर एमसिले आफु कार्यालय बाहिर भएको विवाद भएको हुँदा सबैकुरा बुझेर छ्लफल गरेर सहमति गरेर पालिकाका कामकाज सूचारु गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार, ,  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्