सल्यान ।यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौंडा रगर्स बिजेता भएका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा गत शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी बनेका नेपाल रग्बी सङ्घ कर्णाली प्रदेश अध्यक्ष सुरेन्द्र कंवरले जानकारी दिनुभयो ।
नेपाल रग्बी सङ्घ कर्णाली प्रदेश अध्यक्ष सुरेन्द्र कंवरका अनुसार कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले हराउदै पुरुषतर्फ कर्णाली बिजेता बनेको हो। यस्तै महिला तर्फ हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई माई नगरपालिकाका नगरप्रमुख खम्बसिंह लिम्बू ले पुरस्कार प्रदान गर्नुभएको थियो। आयोजकले सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटौंडाकी पुष्पा खड्का घोषित गरेर जनही रु पाँच हजार पुरस्कार प्रदान गरेको थियो । यस्तै नव उदीयमान खेलाडिका रुपमा कटारीका नविन दर्लामी र विडिसा राईलाई घोषणा गर्दै सम्मान गरिएको थियो । विजेता टोलीलाई रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता दुवै टोलीलाई समान रु ३० हजार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियोे ।
नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सङ्घ, जिल्ला रग्बी सङ्घ इलाम र माई नगरपालिकाले सहजीकरण गरेको नेपाल रग्बी सङ्घ कर्णाली प्रदेश अध्यक्ष सुरेन्द्र कंवरले जानकारी दिनुभयो ।

Error generating audio.