हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाद्वारा यहि असार १० गते १३ औं गाउँसभा आह्वान गरेको छ ।

कपुकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले आगामी आर्थिक बर्ष २०८०। ०८१ का लागि बजेट ल्याउन गाउँसभाको  आह्वान गरेको बताउनु भयो । यसपटक गाउँसभाबाट खरको छाना मुक्त घर अभियान कार्यक्रमलाई प्राथामिकता दिने  जानकारी दिनु भयो ।यस्तै गाउँ सभाबाट गाउँपालिकाको बजेटमा यसपटक कृषि प्रवर्धन,स्वास्थ,शिक्षा,आत्मनिर्भरको विविध योजना सहितका कार्यक्रम समेट्ने गरि तयारी गरेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले १३ औं गाउँसभा भब्य रुपमा सफल पार्नको लागि पालिका अध्यक्ष दुर्गा बहादुर पुन संयोजक र उपाध्यक्ष प्रकाश भण्डारी उपसंयोजक रहेको १३ सदस्य रहेको गाउँसभा ब्यबस्थापन तथा सहजिकरण मुख्य समिति गठन गरेको छ ।

यसैगरी अनुमानित ४० करोड बराबरको बजेट ल्याउन लागेको कपुरकोटले गाउँ सभाको तयारी स्वरुप गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली संयोजक रहेको नीति तथा कार्यक्रम र बजेट निर्माण उपसमिति गठन गरेको छ ।यस्तै, प्रचार प्रसार उपसमितिका संयोजक जीबराज केसीका अनुसार यसपटक अघिल्ला बर्षहरु भन्दा केहि पृथक कार्यक्रम समेत समाबेश भएर कपुरकोट गाउँपालिकाको बजेट आउने छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार, ,  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्