हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।शारदा नगरपालिका वडा नम्बर १५ का २० जना महिलाहरु सहभागी ३९० घण्टा अबधि रहेको सिलाइ कटाइ तालिमको आज समापन भएको छ ।

प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका नगर प्रमुख प्रकाश भण्डारीले तालिमका सहभागी सबैलाई आफुले सिकेको तालिमलाई प्रयोग गरि आत्मनिर्भर बन्नु पर्ने र त्यसका लागि नगरले थप सहयोग गर्ने बताउनु भयो ।

नगरको १५ नम्बर वडा अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षता रहेको समापन कार्यक्रममा तालिम प्रदायक संस्था ट्रेनिक सेन्टर नेपालका प्रतिनिधि लगायत प्रशिक्षार्थी महिलाहरुको सहभागीता रहेको थियो ।

यसैगरी तालिमले गर्दा आफुहरुको आत्मबल बढेको सहभागीहरुको भनाइ रहेको छ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार, ,  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्