हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

4
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इतिहासमा २ सय खेल खेल्ने पहिलो खेलाडीे भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनी बनेका छन् ।

युएईमा जारी १३ औं संस्करणको आईपीएलमा केहिदिन अघि राजस्थान रोयल्ससँगको खेलसँगै धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो क्रिकेट खेलाडी बन्न सफल भएका हुन् । आईपीएलमा सफल कप्तानको रुपमा आफुलाई चिनाउन सपल चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको नाममा अरु कैयौ थप रेकर्ड समेत छन् ।

 

कहिलेदेखी सुरु भयो धोनिको आईपीएल यात्रा ?

चेन्नई सुपर किङ्सका कप्तान समेत रहेका महेन्द्र सिंह धोनीले सन् २००८ देखि लगातार आईपीएल खेलिरहेका छन् । २०१५ सम्म धोनीले चेन्नईबाट खेलेका थिए भने त्यसपश्चात सन् २०१६ र १७ मा उनले राइजिङ पुनेबाट समेत खेलेका थिए । धोनीले २०१८ देखि पुनः चेन्नईबाट नै आईपीएल खेलिरहेका छन् । धोनीले आईपीएल १३ वर्षदेखी लगातार खेल्दै आइरहेका छन् ।

आईपीएलमा २ सय खेलसम्म आउँदा कुनै खेलाडी टिक्न सकेका छैनन् । ब्याट्सम्यान धोनीले आईपीएलको २ सय खेलमा १ सय ७८ इनिङ्समा ४ हजार ५ सय ६८ रन समेत बनाएर अर्को रेकर्ड बनाउन सफल भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २० बजे

प्रतिक्रिया दिनुहोस्