हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानको कुमाख वडा नं ३ मा नेकपा माओवादी केन्द्रको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा गाउँ कमिटी सदस्य तथा यसअघि कुमाख ३ वडा सरकारको अध्यक्ष समेत रहनुभएका चित्रबहादुर बुढाथोकीले केहिदिन अघि आफ्ना नाममा स्वतन्त्र भयौ भनेर आएको विज्ञप्तिमा कुनै सत्यता नभएको बताउनु भयो ।


बैठकमा कुरा राख्दै गाउँ कमिटी सदस्य बुढाथोकीले भन्नभयो,”केहिदिन अघि सामाजिक संजालमा जोडिएको नामका विषयमा मलाई थाहा छैन । मलाई अघिल्लो कार्यकालमा वडाध्यक्ष जिताउने र अहिले वडाध्यक्षका लागि मतदान गर्ने मतदाताको अपमान म बाट हुदैन ।” म यो पार्टी छाडेर अन्यत्र जाने कुरै हुदैन ।

जनतासंग माओवादी विशेष रूपान्तरण अभियानको सन्दर्भमा भएको प्रशिक्षण सहितको बैठकमा सहभागिले पार्टीको अभियानमा लामबद्ध भएर लाग्ने बताएका छन ।


कार्यक्रमलाई सम्बोधनका क्रममा पार्टीका प्रदेश सदस्य चन्द्र बहादुर रानाले सरकारले सुशासनको क्षेत्रमा चालेका सबै कार्यक्रम ३ महिने अभियानमा जोडिएको बताउनु भयो।
उहाँले सरकारले गरेका राम्रा कामका विषयमा चर्चा गर्न र जनतासम्म लैजानलाई यो अभियान थालिएको र अभियानबाट जनतासम्म पुग्नुपर्ने बताउनु भयो।


कार्यक्रमलाई जिल्ला समन्वय समित सदस्य तुलारम बोहरा, पुर्णीमा खत्री लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नु भयो ।
कार्यक्रममा सहभागी वडासदस्यहरूले रिपोट राखेका थिए।

वडाध्यक्ष डण्डविर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन झुपलाल रावतले गरेका थिए । बैठकले टोलटोलमा गरिने कार्यक्रमको कार्ययोजना तयार पारेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार, ,  ४ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्