हामी परिक्षण प्रसारणमा छौ



सल्यान। देशभर एकसाथ “जनजनमा माओबादी मनमनमा माओबादी ,जनतासंग माओवादी विशेष रुपान्तरण अभियान-२०८० ” चलाइ रहेको माओवादी केन्द्र छत्रेश्वरी गाउँ समितिकाे दाेस्राे समीक्षा बैठक बुधबार लान्तीमा समपन्न भएको छ।

पार्टीका कार्यवाहक अध्यक्ष  रेशम कुमार अधिकारीकाे अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा छत्रेश्वरी गाउँ समिति ईन्चार्ज उमाकान्त शर्माकाे प्रमुख आतिथ्यता,प्रदेश समिति सदस्य प्रेम बहादुर खडका ‘प्रभात’,जिल्ला समन्वय समिति सदस्य तथा पालिका पदाधिकारीहरुकाे विशेष उपस्थिति रहेकाे समीक्षा बैठकमा पार्टीकाे तीन महिने अभियान र हाल सम्म सम्पन्न भएका गतिविधि र आगामी याेजना तय गर्दै सम्पन्न भएको छ।

बैठमा २ महिना सम्म पालिकाका ७ वटै वडाका टाेल बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।अभियानमा सहिद परिवार भेटघाट, श्रमसिविर ,तथा जनसम्पर्कका कामहरु गरिएको छ।समिक्षा बैठबाट कार्तिक १७ देखि मंसिर ८ सम्म पार्टी सदस्यता नवीकरण र  मंसिर ९ गते देखि १३ गते सम्म जनबर्गिय संगठनका वडा स्तरका बैठकबाट  सम्पन्न गर्ने निर्णय लिएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार, ,  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्