हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङको तुलसीपुरमा अन्य पार्टी त्यागेर निर्मल परियारको नेतृत्वमा एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तुलसीपुर बसपार्क स्थित सम्झना टोलमा आईतबार भएको कार्यक्रमबाट एमाले,काँग्रेसलगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित हुनुभएको हो।

नवप्रवेशीहरूलाई पार्टीमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्की र पार्टीका निर्वाचन आयोग समिति संयोजक कुबेर ओलीलगायतले स्वागत गर्नुभएको थियो। त्यस अवसरमा नव प्रवेशीहरूले पश्चिम दाङमा माओवादी केन्द्रको सरकारले नै विकासको ढोका खोलेकाले आफूहरूले त्यसमा सहयोग गर्ने बताएका छन् । त्यस अवसरमा मन्त्री मास्कीले जनताले जुन अपेक्षा देखेर गोलबद्ध हुन आएका छन्, ती अपेक्षा पूरा गर्ने बतउनु भयो।

त्यस अवसरमा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, जिल्ला सचिब विश्वराज आचार्य, युवा नेता विरेन्द्र दंगाली लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बेदप्रसाद वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार, ,  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्