हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान सल्यान बागचौर नगरपालिका ८ कोटमौलाबाट डाँगीगाउँ जादै गरेको रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौला स्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ६ वडागाउँका १९ वर्षीय चालक जनक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
कोटमौलाबाट डाँगीगाउँ तर्फ मल (गोबर) लिएर जाने क्रममा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकलाई ट्याक्टरले किचेका वि.क.को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय थारमारेबाट टोली घटनास्थलमा पुगेको र आवश्यक अध्ययन अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार, ,  २ : १९ बजे

प्रतिक्रिया दिनुहोस्