हामी परिक्षण प्रसारणमा छौ



दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टि स्थित शहिद स्मृति आवासीय मावि को १४ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

शहिद स्मृति आवासीय माविमा आज लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न ब्यक्तित्वलाई सम्मान,शिक्षकलाई सम्मान,उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विद्यालय व्यवस्थापन समिति,शिक्षक,अभिभावक र विद्यार्थीहरुको सामुहिक असल प्रयासले मात्र शिक्षालाई मजबुत संगै गुणस्तरीय गराउन सकिने बताउनु भयो ।

मन्त्री मास्कीले भन्नुभयो,’शहिदहरुको बलिदानको रूपमा रहेको शैक्षिक संस्थाको नाताले यस विद्यालयले गुणस्तरीय शिक्षण संस्थाका रुपमा आफुलाई चिनाउन अघि बढ्नु पर्छ ।’ ‘यस विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पुर्बाधारका निम्ति प्रदेश सरकार गर्न सक्ने सहयोगका लागि प्रदेश सरकारले कुनै कन्जुस्याइँ गर्दैन,सहयोग गर्छ ।’

वार्षिक उत्सवका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत संचालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कलात्मक तथा मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए।कार्यक्रममा विद्यालयका विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्धितिय, तृतिय तथा सान्तवना स्थान हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयको बार्सिक शैक्षिक प्रतिबेदन विद्यालयका प्रधानाध्यापक धनेस्वर पोख्रेलले प्रस्तुत गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की को प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रत्न बहादुर ओली (तुफान)को अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न ब्यक्तित्वले विद्यालयको शैक्षिक प्रगतिबरे आफ्नो भनाइ राख्दै विद्यालयको थप प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण शुशिला शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार, ,  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्