हामी परिक्षण प्रसारणमा छौ



सल्यान । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १० जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो। 

पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै सुनौलो महाकाली यातायातद्वारा सञ्चालित प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार  दुर्घटनामा ज्यान गुमाउनेहरुमा सल्यानको स्यानिखाल-३ (नागरिकता अनुसार) का ४१ वर्षीय अर्जुनकुमार योगी रहनु भएको छ।


यसैगरी सोही दुर्घटनामा परी रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान,भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,  भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा,भीमदत्त बाह्रकुण्डकी खगेश्वरी खाती,कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट,भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहनुभएको छ ।


ज्यान गुमाउनेहरुमध्ये धेरैको घटनास्थलमै र केहीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते हुने २८ जनामध्ये गम्भीर ९ जना घाइतेलाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार, ,  २ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्