हामी परिक्षण प्रसारणमा छौ



दाङ।तुलसीपुरबाट सल्यानकि एक बालिका पाँच दिनदेखि बेपत्ता भएकी छन् ।

सल्यानको बागचौर नगरपालिका-१२ बाँफखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका-९ दोघरेमा बस्दै आएकी १९ वर्षकी गिता खत्री सम्पर्क बिहिन भएकी हुन् । दोघरेमा फुपाजु बिरेन्द कुमार डाँगीको घरमा बसेर गिताले तुलसीपुरमा कोरीएन भाषा अध्ययन गरिरहेकी थिइन ।

गत सोमबार बिहान ११ बजे घरबाट साथीकोमा जान्छु भनेर हिँडेपछि सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । पाँच दिनदेखि वेपत्ता भएकी गिता अहिलेसम्म कतै फेला नपरेको बुवा मोहबिर खत्रीले बताउनुभयो ।

गिता लाई परिवारले खोजतलास गर्दा कतैपनि फेला नपारेकोले कहिँकतै फेला पार्नुहुनेले प्रहरी वा परिवारका सदस्यलाई ९८०६२०८०३५,९७४२५९८३६० र ९८१०९३६०५१ मा सम्पर्क गर्न हुन बुवा मोहबिर खत्रीले सबैलाई अनुरोध गर्नुभएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार, ,  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्