हामी परिक्षण प्रसारणमा छौ



सल्यानको बागचौर नगरपालिकाको ५ नं वडाले विविध योजनाको अनुगमन गरेको छ । वडामा विविध शिर्षक का ५ वटा योजनाको आज अनुगमन तथा निरिक्षण गरेको हो । वडाले विभिन्न टोल तथा स्थान हरुमा परेका बजेटमाथि निर्माणकै क्रममा पनि अनुगमन गरि आवश्यक सुझाव दिने गर्ने गरेको छ ।

आज महेन्द्र जनता आ.वि.मा १५ लाखमा निर्मित खेलमैदान तथा विद्यालय घेरबार योजनाको अनुगमन गरेको छ । यस्तै ५ नं वडा अन्तर्गत १ लाख ५० हजार बजेट बाट निर्माण सम्पन्न भएकोे सीमपानी ट्याङ्की निर्माण योजना, सिल्नेटा गोरेटो बाटो मर्मत योजनामा १ लाख ५० हजार , माथिल्लो खत्री गाउँ टोल खानेपानी मर्मत योजनामा १ लाख बजेट रहेको थियो । त्यसैगरी राउमारे-आरुबारे ईन्टेक निर्माण योजनामा ५० हजार बजेट रहेको थियो । उक्त योजनाहरु सम्पन्न भएपछि वडा ले अनुगमन गरेको हो ।

अनुगमनमा वडा अध्यक्ष जोगेन्द्र वली, कार्यपालिका सदस्य दीपक बि.क.,सदस्यहरू लाल बहादुर बुढाथोकी , राम शाही, लक्ष्मी वली रावत, वडा सचिव कृष्णा भण्डारी सहभागी रहनुभएको थियो । अनुगमन क्रममा अध्यक्ष वलीले निर्माण उपभोक्ता समितिलाई आवश्यक सुझाव सहित योजना निर्माण सम्पन्न गरेकोमा धन्यवाद दिनुभएको थियोे ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार, ,  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्