हामी परिक्षण प्रसारणमा छौ



सल्यानको बागचौरमा सहिद स्मृति भवनको शिलान्यास गरिएको छ । बागचौर नगरपालिका-२ जिउँलामा ५० लाख बजेट लागतमा निर्माण हुने भवनको हिजो शिलान्यास गरिएको हो । भवनको नेकपा(माओवादी केन्द्र) सल्यानका ईञ्चार्ज कृति बहादुर पुन’प्रकाण्ड’ ले रिवन काटेर निर्माण कार्यको उद्घाटन गर्नुभएको हो ।

भौतिक योजना तथा पूर्वाधार मन्त्रालय अन्तर्गत बिनियोजित उल्लेखित बजेट बाट यहि असार सम्म उक्त भवनको निर्माण गरिसक्नुपर्ने बताईएको छ । स्थानीय समाजसेवी उदय डि.सी. ले भवनको लागि आवश्यक जग्गा दान गर्नुभएको हो भने निर्माणको जिम्मा ईन्जिनियर ज्ञानु बस्नेतलाई दिईएको छ ।

भवन उद्घाटन मा बागचौर नगरपालिकाकी उप-प्रमुख सुम्निमा डि.सी., नेकपा (माओवादी केन्द्र) बागचौरका अध्यक्ष शोभाराम भण्डारी,स्थानीय लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार, ,  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्