हामी परिक्षण प्रसारणमा छौ



दाङ। सधै ब्यबसायीहरुको सुरक्षा र हकहितमा आवाज उठाउने एउटा नाम हो–किशोर कुमार वली । लामो समयदेखि तुलसीपुरमा व्यबसाय गर्दै आउनु भएका वली ब्यबसायीहरुलाई पर्ने पीडा, हरेक समस्यामा सधै आवाज उठाउने ब्यवसायिका रुपमा धेरैले लिने र रुचाउने ब्यक्तिमा पर्नुहुन्छ।

तुलसीपुर ५ को सुर्खेत रोडमा किशोर इलेक्ट्रोनिक सेन्टर सञ्चालन गर्दै आउनु भएका वली सरल ब्यवहार र उहाँको इमानदारिताले तुलसीपुरमा सबैमाझ परिचीत हुनुहुन्छ ।वलीले वली तुलसीपुर उद्योग बाणिज्य संघको २०७१ सालमा भएको संघको निर्वाचनमा सबै भन्दा बढि मत ल्याएर बरिष्ठ सदस्य बन्नुभएको थियो ।

सुरुवातमा सानो लगानीमा ब्यबसायमा प्रवेश गरेका गर्नुभएका वलीले तुलसीपुरमा ब्यबसाय सुरु गरेको झन्डै  तीन दशक हुन लाग्यो । २०५४ सालदेखि निरन्तर तुलसीपुरमै ब्यबसाय गर्दै आउनु भएका वलीले जनयुद्धताका निकै दु:ख गरेर ब्यवसायमा टिकेको बताउदै उहाँ भन्नुहुन्छ,‘प्रत्येक दिन सेनाले लगेर कुटपिट गथ्र्यो, ब्यबसाय गर्न निकै कठीन थियो ।’ त्यस्तो जगजगीका बेला पनि तुलसीपुरमा अडिएर मैले संघर्ष गरे र , अहिले यो अवस्थामा आउन  सफल भए । “

२०३५ सालमा सल्यान बागचौर नगरपालिका वडा नम्बर १२ मा जन्मिनु भएका किशोरले निकै लामो समय ब्यबसायमा संघर्ष गर्दै अघि बढ्नु भएको ब्यक्ति हुनुहुन्छ ।यहि बैशाख २९ गते हुन गइरहेको तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा ललित जंग शाह नेतृत्वको संयुक्त ब्यवसायि प्यानलबाट सह–कोषाध्यक्षको उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनु भएको छ । उहाँको एउटै योजना हो–ब्यबसायिक सुरक्षा र आर्थिक पारदर्शिता । आर्थिक पारदर्शिता विना कुनै पनि संस्था बलियो हुन नसक्ने उहाँको ठहर छ ।

सहयोगी बचत तथा ऋण सहकारी संस्था,सल्यान-दाङ सेवा समाजका संस्थापकका रुपमा रहनु भएका वली अन्य थुप्रै सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्छ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार, ,  १० : ५५ बजे

प्रतिक्रिया दिनुहोस्