हामी परिक्षण प्रसारणमा छौ



२४ असार,सल्यान ।
अविरल वर्षाका कारण देशभर सडक अवरुद्ध भएका छन् ,पहिरोका कारण धेरैले ज्यान समेत गुमाउनु परेको छ। पानी पर्न कम भए पनि रोकिएको छैन् । यसै क्रममा बागचौर नगरपालिका वडा नं. ५ खुरखुरेको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बाँङ्गेलाखुरी-दार्मा सडक अन्तर्गत उक्त बस्ती भन्दा मुनि र सकड माथिबाट पहिरो झर्दा बस्ती जोखिममा परेको हो ।

बस्तीमा रहेका १५ घर मध्ये ५ घर पहिरोको उच्च जोखिम मोल्दै त्रासमा रहेको स्थानीय डिल्ली बहादुर दमाई ले बताउनु भएको छ । उहाँका अनुसार बर्सेनि गईरहेको पहिरोका कारण बस्ती नै सार्नु पर्ने हो कि भनेर चिन्तामा बस्नु परेको छ । अघिल्लो वर्ष झैँ सडक विस्तार गर्ने कार्य हुँदा पहिरो गईरहने र बस्ती जोखिम समाधानका बारेमा कसैले पनि आवाज नउठाएको स्थानीय हरुको गुनासो रहेको छ । बस्ती जोगाउन सरकारी निकायबाट आवश्यक कदम चाल्न जरुरी रहेको छ ।

उक्त ठाउँमा पहिरो झरे पछि बाङ्गेलाखुरी – दार्मा- चौरजहारी पुग्ने सडक अवरुद्ध हुनुका साथै ५ नं. वडा भित्रका करिब १६० घरमा बिजुली समेत ठप्प भएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार, ,  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्