हामी परिक्षण प्रसारणमा छौ



१२ चैत्र,सल्यान । सल्यान उधोग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकिले सम्पूर्ण व्यवसायीहरुका समस्या समाधान गर्न आफु नेतृत्वमा रहेको संघले केही योजना बनाइरहेको बताउनु भएको छ ।

नबनिर्बाचित अध्यक्ष बुढाथोकीले पछिल्लो समय सल्यानका विभिन्न स्थानमा अहिले घरदैलो रुपमा रहेको घुमन्ते व्यापारीहरुलाई करको दायरामा आएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभएको छ ।
संघमा निर्वाचित भएपछि जिल्लाका सबै बजारहरुमा पुगेर कार्यक्रम गर्ने क्रममा बाङ्गेलाखुरीमा बोल्दै अध्यक्ष बुढाथोकिले अब व्यापारीहरुले आफ्ना व्यवसाय सञ्चालनमा आएका समस्या टेलिफोन गरि वा कार्यालयमा आएर भन्न समेत आग्रह गर्नुभयो ।
केहिदिन अघि निर्वाचित भएका धेरैजसो पदाधिकारीहरुको उपस्थिति रहेको उक्त भेटघाट कार्यक्रममा स्थानिय बजारका व्यवसायिले निर्बाचित टिमलाई बधाई दिदै यस क्षेत्रका व्यवसायिका पिरमर्काबारे नेतृत्वको ध्यानाकार्षण गराएका थिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार, ,  १ : १६ बजे

प्रतिक्रिया दिनुहोस्