हामी परिक्षण प्रसारणमा छौ

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत संसदबाट अस्वीकृत

पक्षमा-९३ ,बिपक्षमा-१२४ र तटस्थामा मत- १५ खस्यो



२७ बैशाख,काठमाडौं । प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन असफल भएका छन् । शोमबार प्रतिनिधिसभामा भएको मतदानको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मत हुन्छ भन्ने पक्षमा  ९३ मत पाएका छन् ।

हुदैन अर्थात बिपक्षमा १२४ सांसद्ले मत दिदैसंगै प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत गुमाएका छन् । त्यस्तै ,कतै पनि मत नदिएर तटस्थ बस्ने सांसदको संख्या १५ छ । मत परिणाम घोषणा गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले  मागेको विश्वासको मत  संसदबाट अस्वीकृत भएको घोषणा गर्दै संसदको अर्को बैठक बैशाख ३० गतेका लागि बोलाएका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार, ,  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्